Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले ल्यायो ‘केएमसी एप’, ३० भन्दा बढी सिफारिस लिन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘केएमसी एप’ सार्वजनिक गरेको छ ।

आफ्नो सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप महानगरपालिकाले नयाँ एप्लिकेसन सार्वजनिक गरेको हो ।

महानगरको सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरिएको मेयर बालेन्द्र साह(बालेन)ले बताए ।

एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको मेयर बालेनले बताए ।

एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरु प्रवाह हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077