Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पुरानो ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी ठहर

    पुरानो ब्याट्री लिलाम प्रकरणमा टेलिकमका वरिष्ठ सहायक लामिछाने दोषी ठहर

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

    न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।



    साथै इजलासले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न आदेश दिएको छ ।



    लामिछानेमाथि नेपाल टेलिकमको बोलपत्रअन्तर्गत ब्याट्रीको लिलामी समाप्त भएपछि नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको आरोप लगाइएको थियो ।

    लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार