Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणबारे संसद्‍मा जानकारी गराईयोस् : प्रेम सुवाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्‍मा प्रश्न उठेको छ।

बजेट अधिवेशनको पहिलो बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले यसबारे सरकारसँग जवाफ मागेका हुन्।

भुटानी शरणार्थी प्रकरणबारे विभिन्न पत्रिकामा आएका समाचारको हेडलाइन पढेर सुनाउँदै उनले संदिग्ध सबैलाई कानुनी कठघरामा ल्याउन माग गरे।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले तत्काल छानबिन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077