Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा र राष्ट्रियसभाका सचिवद्वयले गरे शपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभा सचिव सुरेन्द्र अर्याललाई शपथ ग्रहण गरेका हुन् ।

पाण्डेयलाई सभामुख देवराज घिमिरेले र अर्याललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ गराए ।

सभामुख घिमिरेले प्रतिनिधिसभा सचिव र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा सचिवमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।

यसअघि प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077