Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यार्सा टिप्न गएका जुम्लाका तीनजना पुरिए, एकको शव भेटियो

जुम्ला । यार्सागुम्बा संकलनका लागि मगुको पाटनमा गएका तीनजना हिमपहिरोमा परी बेपत्ता भएका छन् । शनिबार मुगुको पाटनमा हिमपहिरो गएको हो ।

उक्त हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिकाका तीनजना पुरिएका हुन् ।

पातारासी गाउँपालिका–२ का ३४ वर्षीय वीरबहादुर बोहोरा, ४० वर्षीया तारासी सार्की र ३५ वर्षीय पुन्न सार्की पुरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

हिमपहिरोमा परी पुरिएकामध्ये एक जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077