Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : शीर्ष स्थानको गुजरातसँग राजस्थान ९ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

गएराति जयपुरमा भएको खेलमा राजस्थानले दिएको १ सय १९ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा रहेको गुजरातको १० खेलमा १४ अंक भएको छ । समान खेलमा राजस्थान १० अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077