Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई लाख घुससहित जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई पक्राउ गरेको हो ।

सई विनोदलाई अख्तियारको टोलीले काठमाडौंको हंगर हब रेस्टुरेन्ट एण्ड बार बानेश्‍वरबाट पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार उनी घुस रकम बुझ्‍नकै लागि महोत्तरीबाट काठमाडौं आएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077