Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले भने- तार व्यवस्थापनमा मन्त्रालयबाट सहयोग भएन, अब आफै गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले अव्यवस्थित तारलाई व्यवस्थापनमा गन सरकारबाट सहयोग नभएको गुनासो गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै सहयोग नभएको भन्दै अब महानगरले आफ्नै अधिकार प्रयोग गरी तार व्यवस्थापन गर्ने बताएका हुन्।

तारलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको भएपनि सुनुवाई हुन नसकेको उनले भनाई छ ।

महानगरले १५ दिन अगाडि सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको थियो ।

मेयर शाहले सहरका पोलहरूमा अव्यवस्‍थितरूपमा रहेका तारलाई व्यवस्थित गर्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077