Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरी प्रमुख बोहराको घोषणा - गुण्डागर्दी र सीमा तस्करी रोक्छु

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) भरत बोहराले गुण्डागर्दी र तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउलाई तीव्रता दिइने बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षाका लागि चार प्रतिबद्धतासमेत व्यक्त गरे ।

कैलाली र कञ्चनपुरको निरीक्षणपछि उनले सबै भन्दा ठुलो समस्या लागुऔषध रहेको बताए । लागु औषध, गुण्डागर्दी र तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउ लाई तीव्रता दिइने उनले बताए ।

सुदूरपश्चिमका नागरिकहरूलाई अझै राम्रो सुरक्षाको व्यवस्था गर्ने डिआइजी बोहराले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077