Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएका पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो, जरिवाना र कैदको मागरदाबी गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए ।

अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको थियो । पौडेलविरुद्ध आयोगले दायर गरेको रिटमा बिगो एक लाख रुपैयाँ कायम गर्दै कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077