Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लगातार चाथौं दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौं दिन आज बुधबार पनि घटेको छ ।

बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा कायम भएको छ ।

उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ ।

बजारसँगै कारोबार रकम झनै खुम्चिएको छ । २६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।

यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077