Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने भन्छन् - यो जिन्दगीले कहाँ लैजान्छ थाहा छैन

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले क्रिकेटको यात्रामा बोकेका धेरै सपनामध्ये एउटा सपना पूरा भएको टिप्पणी गरेका छन् ।

एसीसी प्रिमियर लिगको उपाधि उचालेसँगै उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले आज क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको महसूस गरेको बताए ।

‘यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखि धन्यवाद,’ सन्दीपले भनेका छन्, ‘आज क्रिकेटको यात्रामा धेरै सपनाहरूमध्ये एउटा सपना पूरा भएको महसुस गरेको छु ।’

सन्दीप एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी समेत घोषणा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077