Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • यातायात कार्यालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्धा, १ करोड १५ लाख स्रोत नखुलेको सम्पत्ति

    यातायात कार्यालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्धा, १ करोड १५ लाख स्रोत नखुलेको सम्पत्ति

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 774
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधारा सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    उपसचिव भट्टराईको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको छ। अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरेको छ । त्यस्तै आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति पनि जफत गर्न माग गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार