Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ।

मंगलबार नेप्सेमा १४४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, सनराइज डेबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077