Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसीसी प्रिमियर कप : प्रतियोगिताको उत्कृष्ट खेलाडी बने सन्दीप

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको 'प्लेयर अफ दि टुर्नामेन्ट' बनेका छन् ।

नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे ।

उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए । सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५०माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए ।

एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ। नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077