Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : लखनऊलाई हराउँदै बेङ्लोरको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लोरले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।

लखनउ घरेलु मैदानमा बेङ्लोरसँग १८ रनले पराजित भयो । बेङ्लोरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो ।

गएराति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

जितसँगै बेङ्लोर ९ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान ९ खेलमा १० अङ्क नै रहेको लखनउ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077