Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद कोइरीलाई निलम्बन गर्न माग गर्दै प्रहरीले संसद सचिवालयमा पठायो पत्र

काठमाडौं । फौजदारी अभियोग लागेपछि फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयलाई पत्र पठाएको थियो ।

प्रतिनिधि सभा नियमावली २०७९ अनुसार कोइरी फरार रहेको र उनलाई निलम्बन गर्नुपर्ने माग प्रहरीले राखेको हो ।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको आरोपमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ ।

सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077