Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश नियुक्त नभएको भन्दै बारले सुरु गर्‍यो धर्ना

काठमाडौं । नेपाल बार एसोसिएसनले लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त नभएको भन्दै दबाबमूलक कार्यक्रम सुरु गरेको छ ।

बार एसोसिएसनको अगुवाइमा एसोसियसनको भवन अगाडि भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

आईतबार उनीहरूले स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर जस्ता टेम्पलेट लिएर आन्दोलनमा गरेका थिए ।

प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा असर पुगेको भन्दै यो अवधिमा संवैधानिक निकायका प्रमुखलाई दबाब दिने कार्यक्रम रहेको बारले जनाएको छ ।

बारले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077