Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकातालाई हराउँदै आईपीएलको शीर्ष स्थानमा उक्लियो गुजरात

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गुजरातले कोलकातालाई ७ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १८० रनको लक्ष्य पछ्याएको गुजरातले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

जितसँगै गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा पुगेको छ । उसले १२ अंक जोडेको छ । कोलकाता ९ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077