Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बानेश्वरमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेको राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पुत्ला दहन गरेको छ ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरे । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न उनीहरूले दबाब दिए ।

अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077