Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ् घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका बस्ने सुदर्शन दाहाल, संसार सिटौला र प्रबिना शाही रहेका छन् ।

बुढानिलकण्ठ नगरपालिका२ बदेली स्थित वडा एरियामा लागूऔषध बिक्री बितरण तथा ओसार पसार गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उनिहरूको साथबाट एम्पुल थान लेखिएको १३ सय २८ पिस ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तौ उनीहरुको साथबाट तीन थान मोबाइल र ५ हजार नगद बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077