Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीले भने -अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइयो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अयोग्य लडाकुलाई रकम दिने बिषयमा अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १४औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय बिष्णु पौडेल अर्थमन्त्री हुँदा भएको भएको भन्दै अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाए।

उनले अयोग्य लडाकुले मुद्दा लडेर जितेर आएको कुरा भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको जिकिर गरे।

उनले केही दिनअघि फ्लाई दुबईको जहाजका विषयमा पनि अनावश्यक हल्ला फैलाइएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077