Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा विश्व अधिकारी

काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा विश्व अधिकारी रहेका छन् ।

त्यसैगरी क्रमशः दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभि काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दिप शमशेर जबरा, बेल पाण्डे, दिनेश मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त र १५ औँ नम्बरमा कृष्णबहादुर पल्लीमगर छन् ।

यस्तै विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन क्रमश १६ औँ, १७ औँ र १८ औँ नम्बरमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077