Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराँती भन्छन्- वायुसेवा निगम मन्त्रीहरूले नै ध्वस्त पारे

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम विभागीय मन्त्रीहरूले नै ध्वस्त पारेको बताएका छन्।

मन्त्री किराँतीले नयाँ आएपछि वायुसेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको आरोप लगाए ।

निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने– ‘म मन्त्री भएको सय दिन भयो । यो बेलासम्ममा मलाई धेरै कुरा थाहा भयो । वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरूको ठूलो हात रहेछ ।’

उनले आफूलाई पैसा मन नपर्ने र कामसँग मात्रै सरोकार रहेको भन्दै निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको बताए ।

उड्ड्यनको तालुकदार मन्त्रीले कर्मचारीबाट करोडौ पैसा उठाएपछि ति कर्मचारीले व्यवसायीक कार्ययोजनाभन्दा पनि पैसा असुल्न मात्र कार्ययोजना बनाउँदै आएका सहजै देखिएको भन्दै आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077