Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाद्वारा सुनुवाइ समितिमा रहने ३ सांसद चयन

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो ।

राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी रहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077