Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने - संसद्प्रति सरकार जिम्मेवार भएन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्प्रति सरकार जिम्मेवार नभएको बताएका छन् ।

बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताए ।

सभामुख घिमिरेले भने, 'तपाईंहरुले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं ।'

दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा झन समस्या बढेको सभामुख घिमिरेको भनाई छ ।

सभामुख घिमिरेले त्यसका लागि आफ्नो तर्फबाट पूर्ण प्रयास भइरहेको समेत दाबी गरे । उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्त्वका विषयमा बोल्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077