Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठ आजबाट पद मुक्त भएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनमा उनको सांसद पद रिक्त भएको
जानकारी गराउने भएका छन् ।

बैठकको कार्यसूचीको पहिलो बुँदामा सभामुखले दलबाट निष्काशन गरेको सूचनाको जानकारी गराउने विषय रहेको छ ।

समानुपातिक कोटाबाट सांसद् बनेका श्रेष्ठलाई रास्वपाले कारबाही गरेको पत्र दिएसँगै सभामुख घिमिरेले पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077