Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेम्बरले अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सभामुख देवराज घिमिरेलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन आग्रह गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने भन्दै उक्त व्यवस्थाप्रति आपत्ति जनाएको हो ।

सभामुख घिमिरेले भने निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077