Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा अन्तिम बहस जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दामा अन्तिम बहस सुरु भएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा बहस चलिरहेको छ ।

आजका लागि पेसी तोकिएका सन्दीपविरुद्धको मुद्दाभन्दा अगाडि रहेका सबै मुद्दाको सुनुवाइ सकिएसँगै उनीविरुद्धको मुद्दाको पालो आजै आएको हो।

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठ तथा अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गरिरहेका छन्।

आईतबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको थियो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077