Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

चितवन  । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन् ।

चितवन -२ का मतदाता रहेका उनले चितवनको भरतपुर १० स्थित नारायणी नमुना मावि मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि मतदान गरेका हुन् ।

यस क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष राम न्यौपाने, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिनिधिसभातर्फ रिक्त रहेको बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077