Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : लखनउमाथि गुजरातको रोमाञ्चक जित

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समाथि रोमाञ्चक जित निकालेको छ ।

लखनउलाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेका बेला गुजरातले ४ विकेट लिँदै जम्मा ४ रन मात्र दिएपछि गुजरात ७ रनले विजयी भएको हो ।

लो स्कोरिङ खेलमा गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो ।

लखनउको घरेलु मैदान एकना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको गुजरात चौथो स्थानमै छ । हारेपनि ७ खेलबाट ८ अंक रहेको लखनउ दोस्रो स्थानमै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077