Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : चेन्नईसँग हैदराबाद सात विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

जितसँगै चेन्नईको ६ खेलमा ८ अङ्क भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको हैदराबाद नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077