Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको आदेशलगत्तै बालेनको टिप्पणी - आफ्नै देशको जनताले बनाएको पालिका काठमाडौं

काठमाडौं । काठमाडौं महानगरपालकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका आफ्नै देशको जनताले बनाएको पालिका भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन महानगरलाई आदेश दिएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,'१० महिना देखी शुभ समाचार दिदै आएको महानगरपालिका। काठमाडौं महानगरपालिका। सत्य, तथ्य, ईमान्दार पालिका। देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका।'

शुक्रबार मात्रै सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको थियो । शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन भनेको हो ।

संघीय सरकारले आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन शाहले सिंदरबाभित्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077