Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

काठमाडौं । साउथ फिल्मका सुपरस्टार अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् ।

फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका अजित मुस्ताङ पुगेका हुन् ।

पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए ।

त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् । काठमाडौंमा केही दिन फिल्मको छायांकन भएको जनाइएको छ ।

साथै, बाइकका सौखिन उनी यसअघि पनि थाइल्याण्ड लगायतका मुलुकमा बाइक चढेरै पुग्ने गरेका छन् ।केही दिनअगाडि उनको ‘मिराई’ को छायांकन काठमाडौंमा भएको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077