Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हवाई भाडा महँगो भएको भन्दै ईपीएससँग मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ ।

नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे मन्त्री सुदन किराँतीले आज श्रम मन्त्रालयमार्फत ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको हो ।

कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिन भित्र जवाफ पेश गर्न पनि मन्त्री किराँतीले निर्देशन दिएका छन् ।

कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको र ट्रान्जिट भएर जाँदा ७० हजारमात्र भाडा लाग्ने भन्दै एयरले धेरै भाडा लिएकोबारे ईपीएस कोरियाले जवाफ दिनुपर्ने भएको छ ।

कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077