Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीको पहिलो जित, कोलकाता पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा गएराति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई चार विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले अन्तिम बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

पहिलो जितपछि ६ खेलबाट २ अंक जोडेको दिल्ली अझै अंक तालिकाको पुछारमै छ । कोलकताको भने यो लगातार तेस्रो र समग्रमा चौथो हार हो । ६ खेलबाट ४ अंक जोडेको कोलकता आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077