Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङविरुद्ध वडाध्यक्षहरुले हाले अख्तियारमा उजुरी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मेयर साम्पाङले सञ्चालन गरिरहेको खानेपानी सहयोग अभियानविरुद्ध वडाध्यक्षहरुले उजुरी हालेका हुन् ।

केही वडाध्यक्षहरु मिलेर आफूले चलाउँदै आएको खानेपानी सहयोग अभियानविरुद्ध अख्तियारमा उजुरी हालेको मेयर साम्पाङले बिहीबार साँझ फेसबुकमार्फत जानकारी दिए । उनले यस विषयमा आफूलाई सहयोग गर्न धरानवासीसहित आम नेपाली नागरिकसँग अनुरोधसमेत गरेका छन्।

‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो।’

यस्तै मेयर साम्पाङले बिहीबारै विज्ञप्ति जारी गरेर बिना कुनै कारण महिनैदेखि कार्यपालिका बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुलाई राजीनामा बुझाएर मार्ग प्रशस्त गरेर धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077