Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाको उजुरी

    आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाको उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    बाहलवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिँदै भाषण गरेका थिए ।



    राज्यशक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार