Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध मुद्दा दायर

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले उक्त गाउँपालिकाकाकाअध्यक्ष साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।

अख्तियारले उनीहरुमाथि ३१ लाख ७४ हजार ४६७ रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ। मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077