Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हवाई फायर, पाँच प्रहरीसहित दर्जनौं घाइते

सिरहा । सिरहाको मिर्चैयामा नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

नगरपालिकाले घर भत्काएको विरुद्ध प्रदर्शन गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली चल्दा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएका छन् ।

स्थानीयवासीले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए ।

त्यसक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गरेका हुन् ।

प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

पहिलेदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077