Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीद्धारा राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् ।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ ।

राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077