Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईको लगातार तेस्रो जित, हैदराबाद पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित हात पार्नेक्रममा गएराति सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको हो ।

आफ्नो पाँचौं खेलमा मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको घरेलु टोली हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।

त्यसअघि हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनायो ।

यो जितपछि ५ खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको हैदराबाद नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077