Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङदेनले भने - मिटरव्याज पीडितको समस्या समाधान नभए सडकमा जान्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङदेनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । हामी भन्न चाहन्छौं सरकारले मिटरव्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’

अध्यक्ष लिङदेनले ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077