Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारको फोहोर नउठाएको भन्दै बालेनविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।

काठमाडौंको सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै शाहले अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077