Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी कागजात किर्ते गरेको आरोपमा न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

बाँके । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।

एसएलसीको प्रमाणपत्र, मार्कसिट, क्यारेक्टर सर्टिफिकेट लगायतका कागजात किर्ते गरेको र आफूले प्राप्त नगरेको शिक्षा प्राप्त गरेको भनी लाभ लिएको उनीमाथि आरोप छ । वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077