Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेर सोमबारको बैठक स्थगित भएको छ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

पूर्वसांसद तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।

अब अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077