Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सेन सुरक्षा बेसक्याम्प बिष्णुपुरा रुपन्देहीमा कार्यरत छन् ।

सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बुटवलबाट गएको टोलीले पुनले २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय हुनसमेत मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077