Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेती खोचमा खसेकी बालिकाको उपचारका क्रममा मृत्यु

पोखरा । सेती नदी किनारको खोचमा खसेकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

दिउँसो ३ बजेतिर पोखरा–१५ स्थित सेती खोचमा खसेकी पोखरा महानगरपालिका–८, नागढुंगाकी स्मृति पराजुलीलाई साढे दुई घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

तर उनको उपचारका क्रममा मृत्यु भएको हो । उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी घुम्न जाने क्रममा खोचमा खस्न थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077