काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार गोली चलेको छ।
पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती गोली चलेको हो।
प्रहरीका अनुसार भीआइपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुनले गोली चलाएका थिए ।
कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका प्रकाश ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए । पुनले बोकेको पेस्तोल असाबधानीबस पड्किँदा माओवादी केन्द्रका नेता पुनकी आमा घाइते भएकी थिईन् ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पुनकी आमामाथि दुर्घटनावस गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनामा संलग्न सहायक हवल्दार प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ । यस घटनाको सम्वन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।