Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगोले जलेर तुलसीपुरमा एकको मृत्यु

दाङ । दाङमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका बलिराजको उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077